Logo

बैंकिङ

सांग्रिला बैंकले दियो मुस्कान होमअफहोपलाई २ लाख ५० हजार 



सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर  धोबिघाट स्थित मुस्कान होम अफ होपलाई दुई लाख पचास हजार को चेक हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास लिएको छ ।  

उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीे मुस्कान होमका अध्यक्ष श्रीमती सुमती कर्माचारीलाई चेक हस्तान्त्तरण गरे । बैंकले हाल देशभर ९१ शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ । 

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ११ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।