Logo

सुरक्षा/अपराध

मेगा बैंकका बिचौलिया पौडेल वैदेशिक ठगीमा पक्राउ



मेगा बैंक नेपालको संरक्षणमा सर्वसाधारण ठग्दै हिडेका गुरुदत्त पौडेललाई प्रहरीले पक्राउ गरेको छ । ऋणीको घर जग्गा सस्तोमा लिने र मेगा बैंकमा अस्वाभाविक मूल्यमा धितो राखी बाउन्स चेक भिडाएर ठगी गर्दै आएका पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ पक्राउ गरेको हो । 

घर जग्गा सम्बन्धी र चेक अनादरमा कयौं मुद्दा खेपेर फरारको सूचीमा रहेका पौडेल पक्राउ भने वैदेशिक रोजगार ठगी प्रकरणमा परेका छन् । २०६३ मंसिर २८ गतेका दिन पौडेलले मधुसुदन बस्नेत नामका व्यक्तिसँग मिलेर आफूलाई सिंगापुर पठाई दिन्छु भन्दै ४ लाख ५० हजार लिएर ठगी गरेको भन्दै काभ्रेका भोलाप्रसाद सेढाईंले बैदेशिक रोजगार विभागमा मुद्दा हालेका थिए । 

‘२०६३ माघ २६ गतेका दिन चलानी नम्बर १४०६७ कायम भएको सिंगापुर जाने स्वीकृति पाएको र फागुन ५ गते उक्त देश जान भनी हिँडेकोमा उक्त स्वीकृति किर्ते भएको भन्दै मेरो राहदानी नै जफत गरिएकोले निजसँग कुरा गर्दा ६ महिना पछि रकम तिर्छु भनी कागज गरेको तर रकम नदिई मलाई वैदेशिक ठगी गरेकोले मैले तिरेको कुल रकममा पचास प्रतिशत क्षतिपूर्ति सहित हुन आउने ६ लाख ७५ हजार दिलाई भराई पाउँ’ भन्दै सेढाईंले जाहेरीमा उल्लेख गरेका थिए । पौडेल र बस्नेतले चार वर्षपछि २०६७ असोज ११ गते जाहेरी दिएका थिए ।  

वैदेशिक रोजगार न्यायाधिकरणका अध्यक्ष मिरा खड्का, सदस्यद्वय अग्निप्रसाद थपलिया र रवि शर्मा अर्यालको संयुक्त इजलासले पौडेललाई डेढ वर्ष कैद र २५ हजार जरिवाना हुने ठहर सहितको फैसला सुनाएको थियो । २०६८ माघ १७ गते उक्त फैसला आएयता पौडेल लुकीछिपी घरजग्गाको कारोबारमा संलग्न रहँदै आएका थिए ।

काठमाडौं, चितवन र हेटौंडामा बढी धन्दा क्षेत्र बनाएका पौडेल विरुद्ध दर्जनौं मुद्दा छन् । महानगरीय अपराध महाशाखा श्रोतले पौडेल पक्राउ सम्बन्धमा आजै सार्वजनिक गर्ने जानकारी दिएको छ । 

स्मरण रहोस्, पौडेल र उनकी श्रीमती भूमादेवी पौडेललाई बिचौलिया बनाएर घरजग्गा कारोबारमा लगानी गरेपछि मेगा बैंक धरासायी बन्दै गएको छ ।

यस्तो छ पौडेल विरुद्धको मुद्धा :

1.jpg2.jpg3.jpg4.jpg5.jpg6.jpg7.jpg8.jpg

याे पनि 

खराब कर्जाले मेगा बैंकको हालत बिग्रियाे, निक्षेपकर्ताको रकम जोखिममा

मेगा बैंकको आडमा भूमाफियाको दादागिरी, वडा कार्यालय समेत बिक्यो

मेगा बैंकको मनपरी– सीईओको सेटिङले बैंक डुब्ने खतरा 

मेगा बैंककाे हालत खराब, अर्बौ ऋण जोखिममा

मेगा बैंकमा काण्डै काण्ड, लगातार समाचार बाहिरिएपछि बैंकको डिटेल नबाँडौं भन्दै रुवाबासी

जनताको पैसा डुबाउँने मेगा बैंकको यस्तो कर्तुत : कालोसूचीमा नाम, जति चाहियो त्यति लान पाईंने दाम

मेगा बैंकको अर्को काण्ड बाहिरियो, १२ दिनमा दुई पटक ऋण दिएर ३५ दिनको दौडधुप

बिचौलियाको कब्जामा मेगा बैंक, हिरासतमा रहेका ग्राहकको हस्ताक्षरमा करोडौं साफ

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  २ : ०६ बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।