Logo

रु.६५ को खानाको शाखा कलंकीमा  पनि (भिडियो सहित)



हाम्रो टिम नेपालले कलंकीमा हामा्रे खानाघरको साखा आज देखी सञ्चालनमा ल्याएको छ । उक्त खानाघरको उद्दघाटन नायक÷मोडल पल शाह र गायक दुग्रेश थापाले गरेका थिए । कलंकी खाना घरको शाखाको उद्दघाटन सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही र राणाले गरेका छन् ।

सम्बोधनको क्रममा ज्ञानेन्द्र शाहिले हाम्रो टिम नेपालले बिगतमा गरेका कामहरु निःशुल्क कपडा बैंक, भुकम्प-आगलागी÷बाढीपहिरो पिडीतहरुलाई राहत बितरण गर्न देशका सुगम तथा बिकट स्थान सम्म  पुगेको तथा लकडाउनमा खाना खान समेत समस्या भएकालाइ ०७६ चैत्र १४ देखि लगातार अहिले सम्म पनि पुरानो बसर्पाक लगायतका अन्य ठाँउहरुमा खाना खुवाएको कुरा व्यक्त गरे ।  शाहिले भने यो रु.६५ को खाना पनि त्यहि सामाजिक काम अन्तर्गत पर्दछ, अरुलाइ हेर्दा समान्य लागे पनि यो असामान्य हो ।

भोको पेट कोहि पनि बस्नु नपरोस भनेर सञ्चालन भएको यो पवित्र कामलाई स्वदेश तथा बिदेश बाट सबैले नेपालीले सहयोग समर्थन गर्नुपर्छ । उक्त कार्यक्रमा  रुबि राणाले पनि भोको पेट कोहि बस्नु नपरोस भन्दै सञ्चालन भएको अभियानलाई आम नेपालीहरुले साथ दिदै अघि बढ्नुपर्ने बताइन ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ५ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।