Logo

भगवती क्लब १-० गोल अन्तरले पराजित



शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लबले साँघुरो जित निकालेको छ । सोमबार भएको खेलमा सातदोबाटोले श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सातदोबाटोलाई जित दिलाउन दोर्जे तामाङले निर्णायक गोल गरे । लको २५ औं मिनेटमा दोर्जेले पेनाल्टीमा गोल गरेका थिए ।

श्री भगवतीका खेलाडीले पेनाल्टी क्षेत्रमा ह्याण्ड गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो । यस जितसँगै सातदोबाटोले लिगमा अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोले शीर्ष डिभिजनमा उक्लने मौका समेत बलियो बनाएको छ ।

जितपछि सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ । श्री भगवती ८ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ७ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।