Logo

बैंकिङ

१० अर्बको विकास ऋणपत्र बोलकबोल



नेपाल राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो ।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ ।

केन्द्रीय बैंकले अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ । विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड छुट्याइएको छ ।

घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार  ११ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।