मंगलवार, फाल्गुण १८ २०७७
काठमाडौँ
अण्डा तपाईंको शरीरका लागि मात्रै नभई तपाईंको छाला र कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । अण्डाको सेतो भागलाई ब्यूटी ट्रिटमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भाग मिनरल्स, भिटामिन र प्रोटिनले भरपुर हुन्छ र छालालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ ।
अण्डालाई सुपरफुड्स पनि भनिन्छ । यो शरीका लागि मात्र नभइ छालाका लागि पनि निकै लाभदायक मानिन्छ ।
छालालाई दाग रहित बनाएर सुन्दर बनाउने काम गर्छ ।
अण्डाले कसरी अनुहारमा फाइदा पुर्याउँछ र यसको फेसप्याक कसरी बनाउन सकिन्छ :
एन्टी एजिङ्ग फेस प्याक -अण्डाको सेतो भागको प्रयोग एन्टी एजिङ्ग ट्रिटमेन्टको रूपमा पनि प्रयोग गरिन्छ । यसको लागि अण्डाको सेतो भाग एक चम्चा लिनुहोस् । यसमा २-३ थोपा सुगन्धित शुद्ध तेल मिसाउनुहोस् । अब यसलाई अनुहारको सबै भागमा लगाउनुहोस् । यसले छालालाई कसिलो बनाउनुका साथै छाउरीपना हटाउनेछ ।
दागरहित छालाका लागि फेस प्याक – अनुहारको दाग, धब्बा हटाउनका लागि एक चम्चा अण्डाको सेतो भागमा एक चम्चा चिनी र एक चम्चा मकैको पीठो मिसाउनुहोस् र लगाउनुहोस् । यसले अनुहारको ब्लाकहेड्स र दाग-धब्बा हटाउँछ । घरमा तयार पारिएको यस्ता लेप अनुहारमा लगाएर २० मिनेटका लागि त्यसै छाडनुपर्छ र समय भएपछि सादा पानीले धुनुपर्छ ।
यदि तपाईँको छाला ओइली छ भने त्यसमा एक चम्चा कागतीको रस र मह मिसाउनुहोस् । यसले फोहोर हटाएर अनुहार सफा र चम्किलो बनाउँछ ।