रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक मल्ल पक्राउ

रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक मल्ल पक्राउ

  • 2.8K
    SHARES

  • रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक मल्ल पक्राउ

    महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरिएकाे छ।

     उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले मल्ललाई सोमवार प्रहरीले पक्राउ गरेको हो। मल्ल नेपाल प्रहरीका पूर्व एसएसपी समेत हुन् ।

    images

    प्रहरीले उनलाई अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। प्रहरीले सोमबार नै मल्ललाई पक्राउ गरेपनि घटनालाई गुपचुप राख्न खोजेको थियो ।

    यो विषयमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौरले जो सुकै भए पनि कानुनी दायरामा ल्याउने बताएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेकोले धेरै नबोल्ने प्रतिक्रिया दिए । 

    तर पीडित पक्षले उद्योगमा आन्दोलन गरेर उद्योग बन्द गरेपछि प्रहरी बोल्न बाध्य भएको सिमेन्ट उद्योगका एक कर्मचारीले बताए। घटनापछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन्।

     शंकर र अम्बे ग्रुपको सहकार्यमा निमार्ण भएको रिद्धिसिद्धी सिमेन्टले २०७५ सालबाट उत्पादन थालेको थियो ।

    रिद्धिसिद्धी सिमेन्टका अध्यक्ष शंकर ग्रुपका शंकरलाल अग्रवाल हुन। कोरोनाको कहरमा कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवालका भाई साहिल अग्रवाल रिद्धिसिद्धी सिमेन्टका प्रबन्ध निर्देशक हुन्। उनीहरुले पक्राउ परेका मल्ललाई छुटाउन प्रहरीमा दबाब दिन थालेको बिशेष स्रोतले जानकारी दिएको छ ।

    रिद्धिसिद्धी सिमेन्टले स्थानीयबासीहरुको उचित ब्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार बिस्थापित भइसकेका छन् ।

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै