पूर्व मिस नेपाल शृङ्खला खतिवडाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्ने भएकी छन् ।हार्वर्ड विश्वप्रसिद्ध विश्वविद्यालय हो । यो विश्वविद्यालमा पढ्न पाउनुलाई गौरवको रुपमा लिइन्छ ।
उनले हार्वर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्ने भएकी हुन् । यसका लागि उनी केही समयमा अमेरीका जानेछिन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चर विषयमा स्नातक गरेकी छन् । सन् २०१८की मिस नेपाल शृङ्खला पछिल्लो समय सामाजिक काममा समेत सक्रिय रहँदै आएकी छन् ।
प्रतिक्रिया