Logo

स्वास्थ्य

कोरोना अपडेट : देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएकामध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डौमा ३९, ललितपुरमा १४ र भक्तपुरमा ३ जनालाई कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ६२ जना कोरोनामुक्त भएका छन् । अहिले नेपालमा सात सय ६६ जना सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये ४२ जना आईसीयू र नौ जनाको उपचार भेन्टिलेटरमा भइरहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

 

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  ५ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।