सभापतिको काम महामन्त्रीको मूल्यांकन : झुक्याउँदै केन्द्रीय सदस्य नियुक्ति गर्दै !

सभापतिको काम महामन्त्रीको मूल्यांकन : झुक्याउँदै केन्द्रीय सदस्य नियुक्ति गर्दै !

  • 340
    SHARES

  • सभापतिको काम महामन्त्रीको मूल्यांकन : झुक्याउँदै केन्द्रीय सदस्य नियुक्ति गर्दै !

    नेपाली काग्रेसका विगतका महाधिवेशनहरुमा एजेण्डा एजेण्डा भन्दा नेता प्रधान हुन्थे । १३ महाधिवेशनसम्म त्यसरी नै चल्यो । आठौँ महाधिवेशन (२०४८) का विशेषता आफनै थिए । प्रजातन्त्र आएपछि यो पहिलो माहाधिवेश थियो जसमा कृष्णप्रसद भट्टराइ निर्विरोध छानिएका थिए झापाको कलवलगुडीमा ।

    त्यसपछि नवौंदेखि एघारौंसम्म गिरिजाप्रासद कोइराला सभापति छानिए प्रतिश्पर्धाबाट नै । त्यो प्रतिश्पर्धा झिनो थियो तर निर्विरोध भएनन कुनैपनि समयमा । उनले नीति र कार्यक्रम ल्याउने प्रचलन बसाले २०५३ को नवौ महाधिवेशनमा तर त्यो खासै प्रभावकारी भएन । उनीसंग प्रतिश्पर्धा गर्ने व्यक्तित्व नभएका कारणपनि होला निर्वाचन भएपनि त्यसपछिका दिनमा नेतृत्वको विगतको काम खोजिएन ।

    images

    १२ औंमा एक प्रकारले कडा रुपको प्रतिश्पर्धा थियो । सुशील कोइराला र शेरबहादुर देउवा बीच । यो नयाँ पुस्तामा नेतृत्व गएको अवस्था पनि हो । सुशील कोइरालाले पहिलो चरणमा नै जिते । तर उनले पनि एजेण्डाले चाहिँ जितेका होइनन् ।

    तेह्रौं महाधिवेशनमा देवाले जिते प्रतिश्पर्धी रामचन्द्र पौडेललाई हराउदै । तर दोस्रो चरणमा । देउवासँगपनि एजेण्डा चाहिँ थिएनन । एजेण्डा थियो भने त्यसबेला उनलाई साथदिनेहरु उनकै खेमाका, उनैले मनोनित गरेका उपसभपति समेतले छाडेको (चर्चामा आए अनुसार) कुरा आउने थिएन होला । जे थिए ती सबै मौखिक थिए होलान र अर्को महाधिवेशन आइपुग्दा नपुग्दै सबै छरपष्ट पनि भए ।

    तर यो चौधौं महाधिवेशन चाहिँ एजेण्डाका साथ हुन्छ कि जस्तो देखिदै छ अहिलेसम्मका सँकेतहरु हेर्दा । यही सन्दर्भमा हो सभापतिले के-के गरे त भन्ने प्रश्न उठेको र त्यसको मूल्यांकन स्वयम् महामन्त्रीले गरेका छन । यो मूल्यांकन हेर्दा यो कालमा नोपली कांग्रेसको संगठन कसरी चलको रहेछ भने सानोतिनो भएपनि एउटा चित्र चाहि प्रकट हुन्छ ।

    सभापति शेरबहादुर देउवाको सभापति कार्यकाल, यो बेला साढे ४ वर्ष भन्दाबढीको हुँदा महामन्त्री डा. शशांक कोइरालाको यस्तो मूल्यांकन आएको हो जो त्यति राम्रो छैन । सभापति देउवामाथि यो दलका कार्यकर्ताले लगाएको सबै भन्दा पछिल्लो आरोप हो महाधिवेशन गर्न नचाहने वा नसक्ने भन्ने । आउँदो फागुनमा प्रस्ताव भएको महाधिवेशन सहज समयको होइन । नेपाली कांग्रेसको विधानमा चारवर्षमा महाधिवेशन हुनुपर्छ । देशमा कुनै त्यस्तो दैविक आपत्ति वा त्यस्तै केही आइपरेमा मात्रै बढीमा एकवर्षको म्याद थप्न पाइन्छ ।

    यो आउँदै गरेको फागुन ७ त्यही भैपरीमा हुनलागेको महाधिवेशन हो । देउवाको सभापतित्वकालका चारवर्षमा कुनै त्यस्तो भैपरी आइपरेको थिएन । तर अवस्था कस्तो आयो भने त्यो भैपरीको पनि अन्तिम दिनका लागि मिति तोकियो ।

    यसले के गरायो भने वास्तवमानै भैपरी आउँदा के गर्ने भन्ने प्रश्न खडा भयो । वास्तवमा भैपरी चाहिँ यो फागुनमा आउदै छे तर यता त्यो मितिमा महाधिवेशन नगरिँदा यो पार्टीको विधानअनुसार यसको वैधानिकता सकिनेछ र त्यसको कारणहुने छ विधानत महाधिवेशन नहुनु । सँविधानले अर्को छ महिना थप्न दिएको छ तर महाधिवेशन जस्तो आम कार्यकर्ताबीच जाने कुरामा रुची नदेखाइएको भन्ने त अर्थ लाग्छ नै ।

    यस्ता कतिपय परिस्थितिकै कारणले होला १४ औँ महाधिवेशनमा महामन्त्रीको एजेण्डा नै दोहोर्‍याएको खण्डमा ‘सभापतिलाई हराऔं’ भन्ने देखियो । सभापतिले फेरी खडाहुने भन्ने त कुरा आयो तर उनका उजेण्डा भने आएका छैनन ।

    निर्धारित समय फागुन ७ मा नै महाधिवेशन हुँदा भदौ महिनामा यो चारमहिनामात्रै बाँकीरहेको अवस्था हो । त्यही बेला उनले केही अवस्थाहरु प्रस्तुती गरेका छन । भदौ ८ मा न्युज एजेन्सी नेपालसँगको कुरा कानीमा महामन्त्री कोइरालाले जेजस्ता कुरा राखे ती रेकर्ड योग्य छन । तयसकारण त्यसकाकेहीअंश उनकै शव्दमा प्रस्तुत गर्न खोजिएको हो । सभापतिमाथि संगठन सञ्चालन क्रममा कतिपय गम्भीर आरोप लागेको देखिन्छ । त्यसको जवाफ आयो भने त्यो पनि यसरीनै प्रस्तुत हुनेछ । हेरौं महामन्त्रीभनाइका ती केही अंश –

    एक 

    ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुपर्‍यो । किनकि अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोलि महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ ।

    मनपरी गर्दै हुनुहुन्छ । भेटेर पनि भनेका छौँ । अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन । आफ्ना कुरा राख्नबाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ । सबैभन्दा पहिले अधिवेशन गर्ने हो कि होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुपर्‍यो । जिल्लाका सबै एकाइको हुनुपर्‍यो ।

    क्रियाशील सदस्यता वितरण सही किसिमले गर्नुपर्‍यो । धेरै जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडि बढ्नुपर्‍यो क्रियाशील दिने त वार्डले हो । १०—१० लाख क्रियाशील सदस्य बनाउँदा गाइजात्रा हुने डर छ । नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशील सदस्यता दिनुभएको छ । आउनेहरु क्रियाशील हुन् कि होइनन् भनेर पनि पुष्टि गर्नुपर्‍यो ।’’

    दुई 

    ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वाभाविक हो । तर महाधिवेशन सकिनेबित्तिकै पार्टीलाई एक बनाउनुपर्‍यो । जुन शेरबहादुरजीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’’

    तीन 

    “लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ । डेमोक्रेसी अहिले पनि खतरामा छ । कम्युनिष्टहरु डेमोक्रेसीमा विश्वास गर्दैनन्, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन् त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो ।’’

    चार 

    ‘‘मैले धेरैसँग परामर्श गर्दै छु । उहाँहरु तपाईं नै उठ्नुपर्‍यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुको दाबी छ भन्छु । रामचन्द्र दाई, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान हुनुहुन्छ । तर धेरै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुुनुपर्‍यो, हामी सबै मिलेर एकजना उठ्नुपर्‍यो । त्यसका लागि आपसमा वार्ता हुनुपर्‍यो । वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाईले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेन्टीका साथ भन्न चाहन्छु मबाहेक शेरबहादुरजीलाई हराउने व्यक्ति छैन ।’’ (क्रमशः)– सुवेदीको प्रस्तुती

    याे पनि 

    देउवा पार्टी र सरकारको सत्तामा हुँदा सबभन्दा बढी लाभान्वित ‘विमलेन्द्र विद्रोह’को अर्थ ?

    विमलेन्द्र निधिको उम्मेदवारीले कांग्रेसमा क्रमभंगता

    देउवाले निधिलाई चौधौं महाधिवेशनबाट आफ्नो समूहको निर्विकल्प सभापति देलान ?

    आइतवार, भाद्र २१ २०७७०५:०७:०३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै