Logo

राजनीति

अधिकांश नेता एकता पक्षमा छौं : महेश बस्नेत



प्रधानमन्त्री केपी शर्मा ओलीनिकट युवा नेता एवं सांसद महेश बस्नेत निर्वाचन आयोग पुगेका छन् । बिहीवार आयोग पुगेर बस्नेतले आयुक्तहरूसँग भेटघाट गरेका हुन् । उनले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेटेर नेकपाका बहुमत सांसदहरू पार्टी एकताको पक्षमा रहेको बताए ।

आयोग स्रोतका अनुसार बस्नेतले थप केही दिनमा नेकपा एक भएर आउने भन्दै पार्टी विभाजनको निर्णयमा हतारो नगर्न आग्रह गरेका थिए ।

‘उनी आएका थियो’ सामान्य अनौपचारिक कुराकानी भयो,’ एक आयुक्तले बताए, आफूहरू नेकपाको एकता अभियानमा लागेकाले विभाजनको निर्णय गर्न हतारो नगर्न सामान्य आग्रह गरेका थियो । हामीले कानून र विधि अनुसार गर्छौं भन्यौं ।

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ४ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।