Logo

कर्पोरेट फोकस

शेयरबजारमा ९० अंकको वृद्धि



शेयरबजारको कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार नेपाली शेयरबजार परिसूचक ९० अंकभन्दा बढीले बढेको छ । केही दिनदेखि घटिरेहेका शेयर बजार परिसूचक नेप्से बिहीबार ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा पुगेको हो ।

बिहीबार २०६ कम्पनीका ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यो दिन कारोबारमा आएका सबै १३ वटै उपसमूहका परिसूचकमा हरियाली छाएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.१ प्रतिशत बढेको छ । यस्तै, अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत उपसमूहको ४.७८ प्रतिशत बढेको छ ।

बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा धेरै ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नबिल बैंक र शिखर इन्स्योरेन्सको २०-२० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

बिहीबार चन्द्रागिरी हिल्स, लिबर्टी इनर्जी, सूर्योदय लघुवित्त, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त, हिमालय पावर पार्टनर, श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स र नेशनल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

 

प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार  ४ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।