Logo

नेपाल म्युजिक एन्ड फेशन-२०२१ आयोजना हुने ,फारम खुला



नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उदेश्यले नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२१ आयोजना हुने भएको छ । यो अवार्डलाई स्टार वान इन्टरटेनमेन्ट प्रा।लि।ले आयोजना गर्न लागेको हो ।

यो अवार्डको मनोनयन चैतको अन्तिम सातामा सार्वजनिक गरेर बैशाखको पहिलो साता यो अवार्ड आयोजना गरिने भएको छ । जसका लागि १५ चैतसम्म फारम भरिसक्नु पर्ने आयोजक पक्षले जनाएको छ ।यो प्रतियोगितामा सहभागी हुने गीत सँगीत तथा फेसन कार्यक्रम गत १६ फेब्रुअरी २०१९ देखि १५ फेब्रुअरी २०२१ सम्म सम्पन्न तथा रिलिज भएको हुनु पर्ने आयोजक पक्षले जनाएको छ ।

गएको एक वर्ष कोभिड १९ का कारण सन २०२० मा यो अवार्ड आयोजना गर्न नसकिएकाले पनि सो वर्षको अवार्डलाई गाभेर नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२१ गर्न लागिएको कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताएका छन् ।

यस अघि मिसेज नेपाल टुरिजम, मिस टिन प्लस टु, मिस टिन एसईईलगायतका विभिन्न सौन्दर्य प्रतियोगिता तथा फेशन शोहरु आयोजना गर्दै आएको स्टार वान इन्टरटेनमेन्ट प्रा।लि।ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका अध्यक्ष पूजा निरौलाले यो अवार्डलाई मुलुककै प्रतिष्ठित अवार्ड बनाउने लक्ष्य आफुहरुको रहेको बताएकी छिन् ।

अवार्ड समारोहमा संगीत, मोडलिङ र फेशनमा आजिवन योगदान दिएकाहरुलाई आजीवन योगदान सम्मान प्रदान गरिने भएको छ । यस्तै एकजना कला पत्रकारलाई पुरस्कारका साथै अन्य कला पत्रकारलाई सम्मान पनि गरिने भएको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  २ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।