Logo

बैंकिङ

अब तालबराहीमा पनि मोबाइलबाटै दान गर्न सकिने, प्रभु बैंकले हस्तान्तरण गर्यो ‘क्यूआर कोड’



  
 प्रभु बैंकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई ‘क्यूआर’ कोड हस्तान्तरण गरेको छ । बैंकले संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले ‘क्यूआर’ कोड हस्तान्तरण गरेको हो ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज (फागुन २१ गते) एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले ‘क्यूआर’ कोड हस्तान्तर गरेका हुन् ।

यो सुविधासंगै मन्दिरमा भक्तजनले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  ६ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।