Logo

पहिरोले जीप पुरिँदा एक जनाको मृत्यु 



मकवानपुरमा अविरल वर्षासँगै आएको पहिराले जीप पुरिँदा एक जनाको मृयु भएको छ ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पहिरोले स्कारपियो जिप पुरिँदा एक जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४८७४ नम्बरको जिप इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ देउराली नजिक पहिरोले पुरेको हो ।

एकजनाको मृत्यु भएको र उनको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  २ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।