Logo

राजनीति

विप्लव र गृहमन्त्री बादलबीच एक घण्टा वार्ता



नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बीच एक घण्टा भेटवार्ता भएको छ । पुल्चोकस्थित् मन्त्रीक्वार्टरमा बादल र विप्लवबीच भेटवार्ता भएको हो । आज विहान करिब एक घण्टा भएको भेटवार्तामा राजनीतिक विषयमा केन्द्रित रहेर कुराकानी भएको बुझिएको छ ।

हिजोमात्रै विप्लव सार्वजनिक भएका हुन् । सरकार र विप्लवबीच हिजोमात्रै तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो । उक्त तीन बुँदे सहमतिको तीन नम्बर बुँदामा मुद्दा फिर्ता र बन्दीहरुलाई रिहाइ गर्ने सहमति छ । त्यही सहमति कार्यान्वयनको लागि अविलम्ब प्रक्रिया अघि बढाउन विप्लवले गृहमन्त्री बादलसमक्ष आग्रह गरेका छन् । स्रोतकाअनुसार उनीहरुबीच राजनीतिक रुपमा पनि सहकार्य गर्नेबारे कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीले चालेका यी तीन कदम इतिहासमा अविस्मरणीय रहने दाबी

 प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका तीन कदम इतिहासमा अविस्मरणीय रहने भन्दै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत ती कदम सेयर गरेका छन् । उनकाअनुसार ती तीन कदममा सीके राउतसँग सहमतिपछि पृथकतावादी अभियानको अन्त्य, कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन र विप्लव नेतृत्वको नेकपासँगको सहमति रहेका छन् ।

Rima.jpg

उनले सामािजक सञ्जालमा लेखेका छन् –

प्रधानमंत्री ओलीद्वारा चालिएका

यी ३ कदम इतिहासमा अविस्मरणीय रहनेछन् :

– डा. सिके राउतसंगको सहमति पछि पृथकतावादी अभियानको अन्त्यस

– कालापानी-लिपुलेख-लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशनस

– र, विप्लव नेतृत्वको नेकपासंग आज संपन्न ऐतिहासिक संझौता ।

सबैलाई बधाई तथा शुभकामना !

प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार  ३ : ५५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।