Logo

कर्पोरेट फोकस

खाद्य संस्थानको खाद्य सामग्री किनमेल गर्दा खल्ती वालेटबाटै भुक्तानी गर्न सकिने



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट खरिद गरेको खाध्यान्न लगायतका सामाग्रीको भुक्तानी अब खल्ती डिजिटल वालेबाटै तिर्न सकिने भएको छ । 

ग्राहकले कम्पनीको वेवसाइटमा गएर आफूलाइ आवश्यक सामग्री किनमेल गरिसकेपछि भुक्तानी गर्ने बेला खल्ती विकल्प छनौट गर्नु पर्ने छ । 
त्यसपछि मोवाइल वालेटबाटै भुक्तानी गर्न सकिने छ । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले चामल, दाल, कर्णालीको सिमी, गेडागुडी, दूग्ध विकास संस्थानको घ्यु, स्यानिटाइजर, इन्डक्सन चुलोलगायतका सामाग्री विक्री गर्दै आएको छ । कम्पनीले अनलाइनमा अर्डर लिएर काठमाडौं उपत्यकामा चक्रपथभित्र होम डेलिभरी समेत दिँदै आएको जनाएको छ ।

‘खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती वालेट’को प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

कसरी डाउनलोड गर्ने ‘खल्ती एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति : आश्विन ७, २०७७ बुधबार  ४ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।