Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५९ संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा मुलुकभर थप ५९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

आज ६० संक्रमित कोभिडमुक्त भएका छन् भने हालसम्म दुई लाख ७० हजार ९८७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले ८७० जना आइसोलेसनमा छन् भने ५६ जना क्‍वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ९९ हजार ९५० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार  ४ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।