Logo

राजनीति

माधव नेपाल पक्षले राष्ट्रिय भेला नरोक्ने, ओलीले बोलाएको चियापानमा पनि नजाने



नेकपा (एमाले) का वरिष्ठ नेताहरु माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको बैठक सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा बसेको बैठकले यही चैत्र ४ र ५ गतेको लागि आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निश्कर्ष निकालेको छ ।

आज विहान प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षसँगको भेटवार्ता सकारात्मक नभएको कुरा नेता नेपालले ब्रिफिङ गरेका थिए । र, आफ्नो पक्षले आयोजना गरेको भेला कुनैपनि हालतमा नरोक्ने निश्कर्ष निकालेको एक नेताले जानकारी दिए । र, ओली पक्षले बोलाएको चियापानमा पनि नजाने निर्णय गरेको छ ।

एमालेमा वार्ताको ढोका उघ्रियो

 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरू पार्टीभित्र देखिएको विवाद र समस्यालाई वार्ता र संवादमार्फत समाधान गर्न सहमत भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि सोमबार प्रत्यक्ष छलफल भएको छ । उनीहरूको छलफलले वार्ता र संवादको ढोका खुलेकाले छिट्टै सहमति हुने विश्वास नेताले गरेका छन् ।

यद्यपि सोमबारको छलफलमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा सहमति भने जुट्न सकेन । अध्यक्ष र वरिष्ठ नेताका साथ वार्तामा खटिएका नेताले भने वार्ता सकारात्मक भएको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको करिब २ घण्टा लामो छलफलमा एमालेको एकता जोगाउने विषयमा छलफल भएको थियो । एकता जोगाएर अघि बढ्न सबै पक्ष सहमत भएका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल समूहका नेतासँग आग्रह गरे पनि नेपाल समूहले गत २८ फागुनमा अध्यक्ष ओलीले गरेको एकपक्षीय निर्णय खारेज हुनुपर्ने सर्त अघि सारेपछि सहमति जुट्न नसकेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार  ६ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।