Logo

राजनीति

पत्रकारिता बलियो नभएका मुलुकमा लोकतन्त्र बलियो हुन्न : महामन्त्री कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पत्रकारिता र लोकतन्त्र एकअर्काका पर्याय भएको बताएका छन । अलनाइनपाना डट कमको छैठौ वार्षिकोत्सवको अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री कोइरालाले पत्रकारिता बलियो नभएको मुलुकमा लोकतन्त्र पनि संकटमा पर्ने बताए । ‘जुनमुलुकमा पत्रकारिता बलियो हुन्न त्यो देशमा लोकतन्त्र त्यो क्षेत्रमा लोकतन्त् रबलियो हुन्न । लोकतन्त्र र पत्रकारिता हेण्ड इनग्लास हुन ।’ उनले बताए ।

सत्यतथ्य समाचार सम्प्रेषणमा अनलाइनापान डट कमले महत्वपूर्ण योगदान दिएको भन्दै महामन्त्री कोइरालाले तथ्यपूर्ण समाचार सम्प्रेषणमा निर्भिक भई कामगर्न आग्रह गरे । उनले भने –‘पत्रकारिता राज्यको चौथो अंगहो । निर्भिक पत्रकारिता गर्नुहोस । पीत पत्रकारिता गर्नु भएन ।’ चेन्ज नेपाल ग्रुप अफ कम्पनीले प्रकाशन गरिरहेको अनलाइनपाना आइतबारबाट छैठौँ वर्षमा प्रवेश गरेको छ । 

 

प्रकाशित मिति : चैत्र ९, २०७७ सोमबार  ७ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।