Logo

मधेश प्रदेश

आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि



महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा आत्महत्या गरेकी एक महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी स्थानीय ८७ वर्षीया महिलामा कोरोना सङ्क्रमणको रिपोर्ट आएको जानकारी दिए ।

ती महिलाको यही भदौ १५ गते कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् उनी कोरोना सङ्क्रमण रहेको रिपोर्ट आएको नगरप्रमुख कार्कीले बताए । यसअघि मृतक महिलाको घरका अन्य तीन जना सदस्यमा भदौ ११ गते कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ५ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।