अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो

  • 6.9K
    SHARES

  • अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ शिर्ष गीत शे फोक्सुन्डोमा खिचियो

    चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाङ्कन १० दिन लगाएर सकिएको छ । डोल्पाको शे-फोक्सुन्डो तालमा खिचिएको उक्त गीतको छायाङ्कनका लागि टिम फागुन ३० गते लोकेसनमा पुगेको थियो ।

    गीतमा अनमोल केसी र नायिका सुहाना थापालाई देख्न सकिन्छ । गीतको भिडियोलाई सञ्जय लामाले खिचेका हुन् भने कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । चलचित्रको बाकी छायाङ्कन १० दिनमा सकिने टिमले बताएको छ । बाकी छायाङ्कन काठमाडौँ र पोखरामा हुने निर्देशक झरना थापाले बताएकी छन् ।

    images

    सुनिलकुमार थापाको लगानीमा बनिरहेको चलचित्रमा सलोन बस्नेत समेत मुख्य भूमिकामा छन् । ‘ए मेरो हजुर ३’ दर्शकले मन पराएको कारण अनमोल सुहानाको जोडी यस चलचित्रमा दोहोरिएको हो । लभ स्टोरी चलचित्र आउँदो भदौ १८ गते देखि प्रदर्शन हुँदैछ ।

    सुजाता अम्गाई

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै