मुख्यमन्त्री राईले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै 

मुख्यमन्त्री राईले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै 

  • 550
    SHARES

  • मुख्यमन्त्री राईले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै 

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नयाँ मन्त्रीहरुलाई शुक्रबारै सपथ गराउने तयारीसमेत गरिएको छ ।

    माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री, माधवकुमार नेपाल समूह छाडेर ओली समूहमा आएकी उषाकला राई सामाजिक विकासमन्त्री, राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री बनाउने मुख्यमन्त्री राईको तयारी छ ।

    images

    यसैगरी कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त हुने भएका छन् । अहिलेसम्म मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

    सामाजिक विकास मन्त्रालयको जिम्मेवारी हाल आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्हाल्दै आएका छन् । यद्यपि, सपथ ग्रहणसम्ममा मन्त्री हुनेहरुको नाम र जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको छ ।

    शुक्रवार, चैत्र १३ २०७७१२:२०:१६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै