ओली समूहको निर्णय : माधव नेपाल समूहका मन्त्री फिर्ता बोलाउने

ओली समूहको निर्णय : माधव नेपाल समूहका मन्त्री फिर्ता बोलाउने

  • 7.6K
    SHARES

  • ओली समूहको निर्णय : माधव नेपाल समूहका मन्त्री फिर्ता बोलाउने

    एमालेको केपी ओली समूहले कर्णाली प्रदेश सरकारलाई समर्थन फिर्ता लिएको छ ।

    सो समूहको बुधबार बसेको एमाले संसदीय दल बैठकले प्रदेश सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको हो । यस्तै सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई समेत फिर्ता बोलाइएको सो पक्षका नेता गुलाबजंग शाहले जानकारी दिए ।

    images

    प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा छन् । ज्वाला, रावल र बुढा तीनै जना माधव नेपाल समूहका हुन् ।

    ज्वाला नवौं महाधिवेशनअघि देखि नै नेपाल पक्षमा छन् भने रावल र बुढा प्रधानमन्त्री केपी ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेपाल समूहमा आएका थिए । बैठकमा ओली पक्षका १० सांसद मात्र सहभागी थिए । कर्णाली प्रदेशसभामा एमालेका २० सांसद छन् । दोश्रो ठूलो सत्ता साझेदार दलको एक समूहले समथृन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद धरापमा परेको छ । शाही नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन् ।

    केन्द्र सरकारमा माओवादीले ओली सरकारलाई दिएको समर्थन यथावतै राखे पनि ओली समूहले प्रदेशमा भने माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

    शनिवार, चैत्र १४ २०७७०९:५४:५४

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै