स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न मुख्यमन्त्रीको आग्रह

स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न मुख्यमन्त्रीको आग्रह

  • 568
    SHARES

  • स्वास्थ्य मापदण्ड अपनाएर मात्र होली खेल्न मुख्यमन्त्रीको आग्रह

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक वर्षदेखि नै विश्वलाई नै अक्रान्त बनाएको कोभिड–१९ महामारीको जोखिम पुनः बढ्दै गइरहेको हुँदा त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन आग्रहसमेत गरेका छन् ।

    हिन्दूहरूको महान् पर्व होलीको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्री राउतले सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ का जनसमुदायको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोतर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

    images

    उनले जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहर मिथिलामध्ये परिक्रमामा सहभागी भएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा पनि होली पर्वको शुभकामना दिएका छन्। रासस

    शनिवार, चैत्र १४ २०७७०१:१२:१८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै