Logo

प्रदेश

वडाध्यक्षको निधनमा नगरपालिका बन्द



कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाअध्यक्ष मदनबहादुर चन्दको निधनमा आइतबार नगरपालिका बिदा दिइने भएको छ । वडा अध्यक्षको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक स्वरुप नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले जानकारी दिए ।

वडाअध्यक्ष चन्दको शुक्रबार बेदकोट नगरपालिका–६ चुनेपानीमा पिकनिक खान गएका बेला घाँटीमा मासु अड्किएपछि अस्पताल भर्ना गरिएको थियो । तत्काल महाकाली अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

प्रकाशित मिति : चैत्र १४, २०७७ शनिबार  ८ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।