भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द, सवारीमा जोर–बिजोर प्रणाली !

भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द, सवारीमा जोर–बिजोर प्रणाली !

  • 11.7K
    SHARES

  • भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द, सवारीमा जोर–बिजोर प्रणाली !

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय तथा शैक्षिक संस्थाहरू ४ दिनका लागि बन्द गर्ने निणर्य गरेको छ । बायु प्रदूषणको मात्रा बढेसँगै  विद्यालयहरू तथा शैक्षिक संस्थाहरू मङ्गलवार देखी ४ दिन बन्द गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    यस अघि गत चैत्र १३ गत वन तथा वातावरण विभागले प्रदूषणका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित हुने भएकोले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सावधानी अपनाउन अपिल गरेको थियो ।

    images

    यस्तै, प्रदुषणको अवस्थालाई मध्यनजर गर्दै मङ्गलवार देखि उपत्यका भित्र गाडीहरू समेत जोर–बिजोर प्रणालीमा चलाउने तयारी गरिएको छ ।

    सोमवार, चैत्र १६ २०७७०२:२७:०४

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै