सर्वोच्च अदालतमा दुई अधिवक्ताबिच कुटाकुट

सर्वोच्च अदालतमा दुई अधिवक्ताबिच कुटाकुट

  • 4.1K
    SHARES

  • सर्वोच्च अदालतमा दुई अधिवक्ताबिच कुटाकुट
    राजधानीस्थित सर्वोच्च अदालत परिसरभित्र २ अधिवक्ताबिच कुटाकुट भएको छ। आर्थिक लेनदेनको विषयमा विवाद हुँदा सोमबार दिउँसो अधिवक्ता किरण जोशी र प्रमोद गुप्ताबिच कुटाकुट भएको हो ।
     
    ५ वर्षअघि गुप्ताले जोशीबाट १ लाख रुपैयाँ रकम लिएको जोशीले गुप्तासँग पैसा मागेपछि सोही  रकमको विषयमा विवाद हुँदा कुटाकुट भएको बताइएको छ । 
     
    उक्त घटनाबाट जोशीको मुखमा चोट लागेको छ। अधिवक्ता जोशीले पटक पटक पैसा माग्दा पनि गुप्ताले नदिएको आरोप लगाएका छन् । 
     
    कुटाकुट पछि सामान्य घाइते भएका जोशी प्रहरी समक्ष जाहेरी दिन पुगेका छन् ।

    सोमवार, चैत्र १६ २०७७०३:११:४६

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै