किन बढेन विद्युतको आन्तरिक खपत ?  

किन बढेन विद्युतको आन्तरिक खपत ?  

  • 496
    SHARES

  • किन बढेन विद्युतको आन्तरिक खपत ?  


    खडेरी र सुख्खा वातावरणका कारण दैनिक ५ सयदेखि ६ सय मेगावाट विद्युत भारतबाट आयात भइरहेको अवस्था छ । अहिले नेपालमा दैनिक औसत साढे १२ सय मेगावाट विद्युतको माग छ । माग अत्यधिक रहेपनि नेपालको उत्पादन भने अत्यन्तै न्यून छ । नेपाल विद्युत प्राधिकरणसँग ५ सय ८२ मेगावाट उत्पादन गर्ने क्षमता रहेपनि अहिले ४ सय ५० मेगावाट मात्र उत्पादन गरिरहेको छ । सुख्खा मौसमका कारण निजी क्षेत्रका विद्युत उत्पादकहरुको क्षमता झनै खस्किएको छ । 

    निजी क्षेत्रको अधिकांश जलविद्युत आयोजना रन अफ रिभर प्रोजेक्ट भएकाले बर्खामा ७ सय ५० मेगावाट क्षमता रहेपनि हाल २ सय ५० मेगावाटको हाराहारीमा मात्र उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । हिउँदको समयमा विद्युत अपुग भए पनि बर्खाको समयमा खेर जाने अवस्था रहेको छ । झन यस आर्थिक वर्षदेखि देशको सबैभन्दा ठूलो आयोजना अपर तामाकोशी संचालन हुने भनिएको छ । जसको कारण माग भन्दा आपूर्ति धेरै हुने देखिन्छ ।

    images

    पीक आवरमा अहिलेसम्मको उच्च खपत १३ सय ६० मेगावाट मात्र रहेको छ । पूर्ण क्षमतामा संचालन हुँदा आगामी आर्थिक वर्षबाटै १५ सय मेगावाट भन्दा धेरै उत्पादन हुने देखिन्छ । विद्युतको उत्पादनमा त वृद्धि भयो तर खपतको स्तरमा भने हालसम्म कुनै परिवर्तन हुन सकेको छैन् । यसलाई चिर्न प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाउन थालेका छन् ।

    नेपाल विद्युत प्राधिकरणले पनि आन्तरिक खपत वृद्धि गर्न र नेपाल सरकारले अगाडि बढाएको विद्युतीय बस खरिद प्रक्रियालाई सघाउन देशको ५० वटा विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाउन पत्राचार गरिसकेको प्रवक्ता तिम्सिनाले जानकारी गराए । 

    आन्तरीक खपतलाई प्राथमिकतामा राखेर प्राधिकरणले उद्योगीहरुसँग थप विद्युत मागको सूचना समेत प्रकाशित गरेको प्रवक्ता तिम्सिनाले बताए । सब स्टेशन निमार्ण गरी नेपालमा माग आएजति सबै पूरा गर्ने उनले बताएका छन् । 

    आन्तरीक खपत बढाउन चार्जिङ स्टेशन, कुकीङ र उद्योगहरुको मागलाई प्रमुख प्राथमिकतामा राखिएको छ । 

    हरेक चुनावमा, हरेक पार्टीको एउटा एजेन्डा रहेको हुन्छ “विद्युत निर्यात”, तर विद्युतको निर्यात गर्न अझै केही समयका लागि नेपालका लागि निकै जटिल छ । भारतबाट नेपालले दैनिक ५ सय देखि ६ सय मेगावाट आयात गरिरहेको छ । यस्तो अवस्थामा भारतले नेपाली विजुली किन्न खासै चासो पनि देखाएको छैन् । तर, पनि यो असम्भव भने होइन । गत मंसिरमा ढल्केबर मुज्जफपुर अन्तरदेशीय प्रशारण लाइनको निर्माण पनि भइसकेको छ । 
    प्राधिकरणका अनुसार निकट भविष्यमै विद्युत निर्यात गर्न अध्ययन पनि भइरहेको छ । भारतमा भएको एक कार्यक्रममा नेपालले भाग लिएको थियो । तर दर मिल्न नसकेको कारण निर्यात गर्न नसकेको बताइएको छ । यसै अनुभवको आधारमा अर्को पटक नेपालले भारतलाई विद्युत निर्यात गर्नेमा विश्वस्त रहेको प्राधिकरणका प्रवक्ता  तिम्सिनाले बताए । 

     

    शुक्रवार, चैत्र २० २०७७०४:२८:२१

    प्रस्तुत कोइराला

    आर्थिक व्यूरो

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै