स्कुल बसको ठक्करबाट श्रेष्ठको मृत्यु

स्कुल बसको ठक्करबाट श्रेष्ठको मृत्यु

  • 400
    SHARES

  • स्कुल बसको ठक्करबाट श्रेष्ठको मृत्यु

    उदयपुरको चौदण्डी गढी नगरपालिका–१० इक्राहामा आज बिहान १० बजे एक स्कुल बसको ठक्करबाट स्थानीय ६२ वर्षीय जगनारायण श्रेष्ठको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कुलको स्कुल बस को १ ख २७४८ नं को बसले इक्राहास्थित मदन भण्डारी मार्ग खण्डमा बाटो काट्दै गरेको श्रेष्ठलाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको उदयपुर प्रहरीले बताएको छ ।

    images

    बसचालक चौनपा–१० इक्राहाका ३८ वर्षीय रत्नबहादुर कार्कीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने श्रेष्ठको शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखेको उदयपुरका प्रहरीप्रमुख भीमप्रसाद दाहालले बताए ।

    आइतवार, चैत्र २२ २०७७०७:१०:५९

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै