सोमवार, चैत्र २३ २०७७
काठमाडौँ
नेपाल पत्रकार महासंघमा मधेशीतर्फको सचिवमा प्रतिस्पर्धा गरिरहेका दीपेन्द्र चौहान पर्साका लोकप्रिय पत्रकार हुन् । मधेसी कोटामा प्रतिस्पर्धा गरिरहेको भएपनि उनी समग्र हिमाल, पहाड र तराईंका पत्रकारको हकहितमा काम गर्नु आफनो दायित्व भएको ठान्छन् ।
अनलाइनपानासंग कुरा गर्दै चौहानले भने, ‘मेरो जितको आधार भनेको मेरो लोकतन्त्रप्रतिको निष्ठा र प्रतिगमनविरुद्धको संघर्ष नै हो । मैले पत्रकारिकताको माध्यमबाट मात्र नभई भौतिक सक्रियता देखाइ लोकतन्त्रका लागि जे काम गरेको छु, त्यो पर्याप्त छ ।’
चौहान आफनो पत्रकारिकताको अनुभव र सम्पर्कलाई पनि जितको आधार ठान्छन् । निर्मला शर्मा नेतृत्वको गठबन्धनले कोही उम्मेदवार नपाएर आफूसंग भीड्न श्वेता सिन्हालाई पठाएको उनको बुझाइ छ । चौहान भन्छन्, ‘श्वेता सुन्दर महिला हुन तर चुनाव हार्छिन् ।’
आफूले चुनाव जिते समानुपातिक विज्ञापनको वितरण, देशभरका पत्रकारको हकहित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र महासंघलार्इं अझै प्रभावकारी बनाउने चौहान बताउँछन् । निर्मला शर्मा नेतृत्वको गठबन्धनले सरकारी सहयोग प्राप्त गरेको र सो गठबन्धनले राज्यशक्तिको चरम दुरुपयोग गरेको उनको आरोप छ ।
विस्तृत भिडियोमा :