सक्रिय पत्रकारलाई महासंघमा क्रियाशील बनाउने हाम्रो मिसन  (भिडियोसहित) 

सक्रिय पत्रकारलाई महासंघमा क्रियाशील बनाउने हाम्रो मिसन  (भिडियोसहित) 

  • 1.2K
    SHARES

  • सक्रिय पत्रकारलाई महासंघमा क्रियाशील बनाउने हाम्रो मिसन  (भिडियोसहित) 

    नेपाल पत्रकार महासंघको आगामी कार्यसमिति चयनका लागि चैत २५ गते मतदान हुँदैछ । कसले जित्छ, कसले हार्छ त्यो परिणामले बताउला तर केही उम्मेदवारहरुको जितको सम्भावना भने बलियो बनेको छ । 

    बिपुल पोखरेल र निर्मला शर्मा नेतृत्वका दुवै गठवन्धनले आफैं जित्ने दावी गरेपनि अवस्था त्यस्तो देखिदैन । परिणाम मिश्रित आउने लगभग निश्चित छ । केही गठबन्धन बाहिरका उम्मेदवार विजयी हुनेछन् । 

    images

    जितको सम्भावना बलियो बनाएका उम्मेदवार मध्ये निर्मला प्यानलका महासचिवका उम्मेदवार बालकृष्ण बस्नेत पनि एक हुन् । बस्नेतको व्यक्तिगत सम्बन्ध, लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिलता, महासंघको अनुभव, पत्रकारको हकहितमा निर्वाह गरेको भूमिकालगायतका कारण बस्नेत जितको हकदार बनेका छन् ।

    उनलाई जिताउन विपुल गठबन्धनबाट समेत भोट क्रस हुने देखिन्छ । प्रेस युनियन तथा  प्रेस सेन्टमा आबद्ध पत्रकारहरुले पनि उनलाई मत दिने देखिन्छ । एमालेमा ओली र माधव नेपाल पक्षबीच पार्टीमा विवाद भएपनि पत्रकारको चुनावमा भित्रभित्रै एकढिक्का भएका छन् । यो कुरा मतदानको समयमा अझै बढी प्रष्ट हुनेछ ।

    बस्नेत भन्छन्, ‘पत्रकारका मुद्दा, मुलुकको संचार नीति, मिडिया संचालकको समेत हकहित, राष्ट्रियता, देश र जनताको स्वार्थ हाम्रो प्राथमिकता हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता त हाम्रो मुटु हो । महासंघमा बढी भन्दा बढी सक्रिय पत्रकारलाई सहभागी गराउनु हाम्रो लक्ष्य हो ।’

    कुनैपनि मिडिया विरोधी ऐन, नियम तथा कानुन मान्य हुँदैन । सरकारले प्रेसलाई संकुचन गर्ने कुनै हर्कत गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने बस्नेत बताउँछन् । सरकारले प्रेस जगतका लागि थुप्रै राम्रा काम गर्न खोजेको र अझैपनि राम्रो गर्न महासंघले सघाउने उनी बताउँछन् । 

    दोलखा भिमेश्वर ५ जन्म स्थान भएका बस्नेत २०५२ सालबाट छलफल साप्ताहिकमार्फत पत्रकारितामा प्रवेश गरेका हुन् । २०५७ सालमा कान्तिपुर दैनिकमा उप–सम्पादक भएका बस्नेतले त्यहाँ आर्थिक तथा जिल्ला व्युरो प्रमुखका रुपमा समेत काम गरे । मुख्यतः संसद, कानुन र राजनीतिमा खोजमुलुक समाचारमा उनको योगदान महत्वपूर्ण छ । 

    पत्रकारितामा स्नातकोत्तर र कानुनमा स्नातक बस्नेत हाल खुलानेपाल डट कमका सल्लाहकार सम्पादक हुन् । नौ बर्षअघि महासंघमा केन्द्रीय सदस्य रहेका बस्नेतले ६ बर्षअघि महासंघको सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले महासचिवमा पनि यसअघि प्रतिस्पर्धा गरिसकेका छन् ।

    विस्तुत भिडियोमा हेरौं :

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै