Logo

गण्डकी प्रदेश

अविश्वासको प्रस्ताव छल्न लुम्बिनीको प्रदेशसभा अधिवेशन अन्त गर्न सिफारिश



लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चल्दै थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समिकरण बनाएर हस्ताक्षर शुरु गरेका थिए ।

अविश्वासको प्रस्तावको तयारी भएलगत्तै लुम्बिनी सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर हिउँदे अधिवेशन अन्तको सिफारिशको निर्णय गर्यो । सिफारिश तुरुन्त प्रदेश प्रमुख धर्मनाथ यादव कहाँ पुर्याइयो ।

लुम्बिनी सरकारले मङ्गलबार राति १२ बजेदेखि बैठक अन्त गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताएका छन् । पोखरेलको सरकारविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेमा ढल्ने अवस्था छ । त्यहाँ कुनै दलको पनि बहुमत छैन ।

नेकपा एमालेले कर्णाली प्रदेश सरकार ढाल्न खोजेपछि माओवादीले पनि लुम्बिनी प्रदेश सरकार ढाल्न खोजेको हो । केन्द्र देखि प्रदेशसम्म सरकार संकटमा छन् ।

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  ९ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।