वैशाख १ गते पोखरामा देशैभरका मेयरहरुको सम्मेलन हुने

वैशाख १ गते पोखरामा देशैभरका मेयरहरुको सम्मेलन हुने

  • 334
    SHARES

  • वैशाख १ गते पोखरामा देशैभरका मेयरहरुको सम्मेलन  हुने

    पोखरा महानगरले आउँदो वैशाख १ गते पोखरामा देशैभरका मेयरहरुको सम्मेलन गर्ने भएको छ । 

    स्थानीय सरकारका प्रमुखहरुबीच सरकार सञ्चालनका प्रक्रियामा सिकेका सिकाइ अनुभव आपसमा साटाँसाँट गर्न सम्मेलन आयोजना गरिएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा ७५३ वटै स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई निम्तो दिइएको छ । उनले कम्तिमा देशका ३ सयजति स्थानीय तहका प्रमुख आउने अनुमान लगाए ।

    images

    ‘स्थानीय सरकार सञ्चालन ऐनले पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरुको छलफल गरी संविधान अनुरुपका हक अधिकारहरु स्थापित गर्न आवश्यक कानुनी संरचनाहरुको पहिचान गर्ने पनि हाम्रो उद्देश्य हो’, उनले भने,‘कानुनी र राजनीतिक रुपमा के कस्ता सजिला अप्ठेराहरु सामना गर्न पर्‍यो भन्नेबारे छलफल गरिनेछ ।’ 

    संघ र प्रदेश सरकारबाट स्थानीय सरकारलाई सहयोग नभएको, कानून निर्माणमा ढिलाई गरेको र अधिकार दिन कञ्जुस्याइँ गरेको गुनासो भइरहँदा यो सम्मेलन हुन लागेको हो । स्थानीय तहका सरकार प्रमुखको पदावधि सकिनैलाग्दा हुने सम्मेलनले अन्तरपालिका सम्बन्ध कसरी मजबुत बनाउन सकिन्छ भन्ने चिन्तन पनि हुनेछ ।

    साइकल दौड पनि हुँदै

    पोखरा महानगरले आउँदो वैशाख १ गते नै मेयर साइकल दौड प्रतियोगिता पनि आयोजना गर्दैछ । वातावरण संरक्षणमा साइकल उपयुक्त माध्यम हो भन्ने सत्य जनतामाझ पु¥याउनु यो दौडको उद्देश्य हो ।

    महानगरका मेयर मानबहादुुर जिसीले पोखरा महानगरपालिकाले तालदेखि तालसम्म ८४ किलोमिटर साइकल ट्र्याकको आवश्यक पूर्वाधार निमाणर् गर्न लागेको जानकारी दिँदै मेयर साइकल दौड सो ट्रयाक प्रवद्र्धनको लागि पनि भएको बताए । 

    उनमा अनुुसार महानगरले कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नारा तय गरेको छ । महानगरपालिकाको कार्यालयबाट सुरु हुने सो दौड ५ किलोमिटर दूरीको हुनेछ ।

     

    मंगलवार, चैत्र २४ २०७७०९:५४:४१

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै