वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गर्नुपर्छ : वातावरण विभाग

वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गर्नुपर्छ : वातावरण विभाग

  • 832
    SHARES

  • वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गर्नुपर्छ : वातावरण विभाग

    केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको हो ।

    वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, ‘अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।’ देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनी बताउँछन् ।

    images

    जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उनले सुनाए । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको  छ ।

    विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रासमेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिए । तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकाङ्कमा नेपालको काठमाडौँ सहर पहिलो नम्बरमा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    मंगलवार, चैत्र २४ २०७७१०:५६:०५

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै