सङ्क्रमित बढ्न थालेपछि काठमाडौँ छिर्न कडाइ

सङ्क्रमित बढ्न थालेपछि काठमाडौँ छिर्न कडाइ

  • 4.9K
    SHARES

  • सङ्क्रमित बढ्न थालेपछि काठमाडौँ छिर्न कडाइ

    दिनदिनै कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सरकारले फेरी पनि उपत्यका प्रवेशमा कडाइ गर्ने भएको छ ।

    सोमबार बसेको काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले अनिवार्य एजेन्ट परीक्षण गरेर मात्रै उपत्यका प्रवेश गर्न पाउने निर्णय गरेको हो ।

    images

    समितिको निर्णय अनुसार अब उपत्यका प्रवेश गर्नेहरूको सम्बन्धित नगरपालिकाले प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एजेन्ट परीक्षणको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    बैठकले गरेको निर्णय अनुसार नाकाहरूमा कडाइ गर्नुका साथै सम्बन्धित नगरपालिकाहरुले स्वास्थ्य जाँच र एजेन्ट टेस्टका लागि हेल्प डेस्कको व्यवस्था मिलाउने भएको हो ।

    यसरी उपत्यका प्रवेश गर्नेहरूको एजेन्ट टेस्ट गर्नुका साथै व्यक्तिमा लक्षण देखिएमा उनीहरूलाई पीसीआर परीक्षण गर्न पठाउने पनि निर्णय भएको छ ।

    मंगलवार, चैत्र २४ २०७७०२:१२:४८

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै