दीपा श्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

दीपा श्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

  • 3.0K
    SHARES

  • दीपा श्रीको फेसबुक ह्याक गर्ने १४ वर्षीय किशोर पक्राउ

    पछिल्लो समय महानायकको विषयका कारण चर्चामा आएकी चलचित्र निर्देशक तथा कलाकार दीपा श्री निरौला फेरी पनि चचार्मा रहेकी छिन् । यतिबेला भने उनको फेसबुक अकाउन्ट ह्याक भएका कारण उनी चर्चामा आएकी हुन् । 

    उनीसँगै नायक तथा निर्माता सरोज खनाल लगायतका कलाकारहरूको समेत फेसबुक ह्याक गरी उनीहरूका साथी तथा आफन्तसँग रकम माग गरिएको थियो ।

    images

    साइबर ब्युरोले मङ्गलवार पर्साबाट १४ वर्षीय किशोरलाई निरौलाको फेसबुक ह्याक गरेको अभियोगमा पक्राउ गरेको छ ।  पक्राउ परेका किशोरले आफ्नो अपराध स्वीकार गरेको र उनलाई काठमाडौँ ल्याइने तयारी भइरहेको साइबर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्याले जानकारी दिए ।

    मंगलवार, चैत्र २४ २०७७०४:३९:३४

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै