Logo

आर्मी र श्रीलंका पुलिसबीचको खेल आज



नेपालको विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्लेअफमा आज (बुधबार) श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग खेल्दैछ । यी दुई टिमबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी ५स्३० बजे खेल सुरु हुनेछ ।

श्रीलंका पुलिसलाई पराजित गर्दै आर्मी फुटबल क्लब अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ । आफ्नै घरेलु मैदानमा जित निकाल्ने आर्मीलाई राम्रो अवसर पनि छ । आर्मीका मुख्य प्रशिक्षक नविन न्यौपानेले श्रीलंका पुलिसलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्ने बताएका छन् ।

त्यसो त, आर्मी फुटबल क्लबले राम्रो तयारी गरेको छ। यहि एएफसी कपको प्लेअफ खेललाई मध्यनजर गर्दै आर्मीले ओलम्पिकको तयारी गरिरहेको कीर्गिस्तानको यु-२३ टिमसँग प्रतिस्पर्धा गरेको थियो । दशरथ रंगशालामा भएको त्यो खेलमा आर्मीले कीर्गिस्तानको यु-२३ टिमसँग गोलरहित बराबरी खेल्न सफल भएको थियो ।

कोरोना भाइरसबाट बच्न एएफसीले रंगशालाको क्षमताको आधा मात्रै दर्शक प्रवेश गराउने अनुमति दिएको छ । साधारणतर्फ तीन सय र भिआइपीतर्फ पाँच सय टिकट दर रहेको छ । करिब आठ हजार दर्शकसामू आर्मी फुटबल क्लबलाई प्रतिस्पर्धा गर्न सहज भने हुने छैन । तर सबै खेलाडी लयमा रहेका कारण नतिजा आफ्नो पक्षमा आउने मुख्य प्रशिक्षक न्यौपानेको विश्वास छ ।

एएफसी कपमा स्थान बनाउन पनि आर्मीले धेरै कठिन संघर्ष गर्नु पर्नेहुन्छ । एएफसी कप खेल्न आर्मले प्लेअफको तीन खेल जित्नै पर्ने हुन्छ ।

आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिसबीचको विजेताले बैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ ।

बैंगलुरुविरुद्धको खेल भने भारतको गोवास्थित जीएमसी रंगशालामा वैशाख १ गते हुनेछ । आर्मी तथा श्रीलंका पुलिसमध्ये एक र बैंगलुरुबीचको विजेताले बैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीबीचको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ ।

यी टिमबीचको विजेताले भारतको बैगलुरु, नेपालको आर्मी र श्रीलंकाको पुलिस क्लबसँग प्लेअफको फाइनलमा खेल्नेछ । प्लेअफको विजेताले एएफसी कपको समुह ‘डी’ मा स्थान बनाउने छ ।

 

प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार  ११ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।