जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

  • 1.3K
    SHARES

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

    कपिलवस्तु, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१५ लक्ष्मि डाँडास्थित जंगलमा पल्टनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  स्थानीय प्रहरीले जनाएको  छ । 

    images

     

    बुधवार, चैत्र २५ २०७७०२:२०:००

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै