ह्याट्रिक रेकर्ड पछि बुधबार शेयरबजारमा सामान्य करेक्शन, ७ अर्ब माथिको कारोबार 

ह्याट्रिक रेकर्ड पछि बुधबार शेयरबजारमा सामान्य करेक्शन, ७ अर्ब माथिको कारोबार 

  • 673
    SHARES

  • ह्याट्रिक रेकर्ड पछि बुधबार शेयरबजारमा सामान्य करेक्शन, ७ अर्ब माथिको कारोबार 

    यो साताको पहिलो कारोबार दिन आईतबारदेखि नयाँ नयाँ रेकर्ड बनाउँदै अल टाईम हाईमा रहेको शेयर बजारमा बुधबार भने सामान्य करेक्शन देखिएको छ । बुधबार शेयरबजार परिसूचक नेप्से २ दशमलव ८५ अंकले घटेर २६ सय ७१ दशमलव ६२ अंकको विन्दुमा बन्द भएको छ । 

    नेप्से परिसूचक नकारात्मक रहेपनि क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक भने सकारात्मक रहेको छ । सेन्सिटिभ परिसूचक बुधबार ० दशमलव ६२ अंकले बढेर ४ सय ७६ दशमलव ८० अंकको विन्दुमा बन्द भएको छ । 

    images

    सामान्य अंकले घटेको बजारमा २ सय १५ कम्पनीको ७५ हजार २ सय ६५ पटकको कारोबारमा १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयरको कारोबार हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ८ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ । 

    बुधबारको बजारमा नेपाल इन्फ्रास्टकचर बैंकको सर्वाधिक ४ हजार ७ सय ३७ पटकको व्यापारमा २७ करोड ६३ लाख २५ हजार ४ सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा भने लक्ष्मी इक्वीटि फन्डको सर्वाधिक ११ लाख ७१ हजार ५ सय ४५ कित्ता शेयरको कारोबार भएको छ ।  

    सामान्य अंकले घटेको बजारमा ५ कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा कारोबार भएको छ । बुधबार रैराङ हाइड्रोपावर कम्पनीका लागनीकर्ताले सर्वाधिक ७ दशमलव २६ प्रतिशतले घटेको छ । 

    बुधबार १३ समूहको कारोबार भएकोमा ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ वटा समूहको परिसूचक घटेको छ । बढेर बन्दहुने समूहमा होटल्स् तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव ०२ प्रतिशत बढेको छ भने लघुवित्त समूहको परिसूचक २ दशमलव १६ प्रतिशतले उकालो लागेको छ । विकास बैंक समूहको परिसूचक १ दशमलव ५० प्रतिशतले बढ्दा बाँकी बैंकिङ, वित्त र म्यूचल फन्ड समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले बढेको छ । 

    घटेर बन्द हुने समूह मध्य व्यापार समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९४ प्रतिशतले घटेको छ भने जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन र नीर्जीवन बीमा समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले बढेको छ बाँकी जीवन बीमा र अन्य समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटेको छ । 

    शुन्य दशमलव ११ प्रतिशतले घटेको बजारमा ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ बाँकी ११ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।   

    बुधवार, चैत्र २५ २०७७०३:२९:००

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै