Logo

बैंकिङ

मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट



मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट मिल्ने भएको छ । टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने सम्झौता गरेको हो । 

मेगा बैंक नेपाल लिमिटेडका नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसी बीच छुट बारे सम्झौता भएको हो ।

सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र अतिरिक्त लगेजको सुविधा पनि दिने भएको छ ।

यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : चैत्र २५, २०७७ बुधबार  ६ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।