बिहिवार, चैत्र २६ २०७७
सिन्धुली
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको नयाँ नेतृत्व चयनका लागि २६ गते भएको मतदानबाट कृष्णहरी घिमिरे अध्यक्षमा बिजयी भएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको नयाँ अध्यक्षमा दुईजनाको दाबी रहेको थियो ।
प्रेस सेन्टर निकट मिनकुमार दाहाल र प्रेस चौतारी निकट कृष्णहरी घिमिरे मैदानमा थिए । बुधबार भएको निर्बाचनमा जिल्लाको ८१ भोटर मध्ये ७६ जनाले मतदान गरेका थिए । ४४ भोट प्राप्त गर्दै कृष्णहरी घिमिरे बिजयी भए ।
यस्तै उपाध्यक्षमा टिकाजंग थापा, महिला उपाध्यक्षमा कमल सरला सुनुवार, सचिबमा पुस्कर थापा, समाबेशी सचिबमा कृञ्जला पुलामी मगर, कोषाध्यक्षमा अनिल भण्डारी, महिला सदस्यमा सर्मिला खड्का, आदिबासी जनजाती सदस्यमा कल्पना भुजेल, अन्य सदस्य खुल्लामा सौगात रायमाझी, प्रेमनाथ मैनाली, गिता घिमिरे, रोहित कुमार गुरुङ, संगिता डिम्डोम, केन्द्रिय परिषद सदस्यमा राधिका बुढाथोकी, संञ्जय कुमार दाहाल, स्यामहरी अधिकारी बिजयी भएका छन्।
महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गरेकाहुन् । सिन्धुलीमा महासंघ जिल्ला शाखाको निर्बाचनमा नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरबीच गठबन्दन गरेर उमेद्वारी दिएका थिए भने नेकपा एमाले निकट प्रेस चउतारी एक्लै चुनावि मैदान उत्रिएको थियो ।