सुन एकैदिन एक हजारले बढ्यो, चाँदीको मूल्य पनि उकालो यात्रामा 

सुन एकैदिन एक हजारले बढ्यो, चाँदीको मूल्य पनि उकालो यात्रामा 

  • 1.4K
    SHARES

  • सुन एकैदिन एक हजारले बढ्यो, चाँदीको मूल्य पनि उकालो यात्रामा 

    बिहीबार सुन र चाँदी दुवै घातुको मूल्य बढेको छ । गत २ कारोबार दिनमा ८ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार पुन १ हजार रुपैयाँले उकालो लाग्दै ८९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

    बुधबार छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यस्तै तोजाबी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर ८८ हजार ५ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । 

    त्यस्तै चाँदीको मूल्य पनि बिहीबार १५ रुपैयाँले उकालो लागेको छ । आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

     

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै