बायर्न पिएसजीसँग पराजित

बायर्न पिएसजीसँग पराजित

  • 250
    SHARES

  • बायर्न पिएसजीसँग पराजित

    साविक विजेता बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । बायर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ३–२ गोलअन्तरले पराजित भएको हो ।

    जर्मन क्लब बायर्न आफ्नै मैदानमामा पिएसजीसँग पराजित भएको हो । यो जितसँगै पिएसजीले भने सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । खेलको तेस्रो मिनेटमा नै कलियन एमबाप्पेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो। खेलको २८ औं मिनेटमा माक्युइन्होसले गोल गर्दै बायर्नविरुद्ध पिएसजीलाई २-० गोलको अग्रता दिलाए ।

    images

    खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई २-१ गोलको स्थितिमा ल्याए। ६० औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २-२ गोलको बराबरी दिलाए । तर यसको आठौं मिनेटमा अर्थात खेलको ६८ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै बायर्नविरुद्ध ३–२ गोलको अग्रता दिलाए ।

    खेल अवधिभर पिएसजीविरुद्ध बायर्नले एकपछि अर्को गोल गर्ने अवसर निकालेको थियो । बायर्नले ३१ पटक पिएसजीको पोष्टमा गोलको लागि प्रहार गरेको थियो । जबकी पिएसजीले ६ पटक मात्रै बायर्नको पोष्टमा प्रहार गर्यो । ६४ प्रतिशत बल पोसिजन आफ्नो पक्षमा राख्दै एकपछि अर्को गोल गर्ने सिर्जना गरेपछि बायर्न पिएसजीसँग ३-२ गोलले स्तब्ध बन्यो ।

    अब च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग पिएसजीसँग बायर्नले १४ अप्रिलमा खेल्नेछ ।

    बिहिवार, चैत्र २६ २०७७१२:१९:५३

    अनलाइनपाना

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै