Logo

पुनर्नियुक्ति पाएका मन्त्रीहरूले लिए राष्ट्रपतिबाट शपथ



बिहीबार माओवादी केन्द्रको कारबाहीपछि पदमुक्त भएका ४ जानै मन्त्रीहरूले पुनर्नियुक्ति पाएसँगै  राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शितलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा पुनर्नियुक्ति पाएका मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

उनीहरू चारै जनाले पुरानै मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

सङ्घीय सांसद नरहेका व्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : चैत्र २७, २०७७ शुक्रबार  ६ : २९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।