images

रातको समयमा पहाडनै झलमल बनाउने अनौठो च्याउ

रातको समयमा पहाडनै झलमल बनाउने अनौठो च्याउ

  • 520
    SHARES

  • रातको समयमा पहाडनै झलमल बनाउने अनौठो च्याउ

    तपाईंले विभिन्न खालका च्याउहरु देख्नुभएकै छ होला । विभिन्न जातका खाने च्याउ मात्र होइन खान नमिल्ने विषालु जंगली च्याउ पनि देखिएकै हुन्छन् । तर के तपाईंले रातको समयमा चम्किने च्याउ देख्नुभएको छ ?

    छिमेकी मुलुक भारतको गोवामा एउटा यस्तो च्याउ पाइन्छ जो रातको समयमा चम्किने गर्दछ । उक्त बायो ल्युमिनिसेन्ट च्याउ गोवाका पहाडी जंगलहरुमा पाइन्छ । उक्त च्याउले रातको समयमा चम्किएर पहाडलाई नै झिलिमिली बनाइदिन्छ ।

    images images

    गोवाको म्हाडेइ वन्यजन्तु आरक्षमा उक्त दुर्लभ प्रजातिको च्याउ फेला परको हो, पहिलोपटक । रातको अँध्यारोमा यो च्याउ हल्का निलो–हरियो तथा बैजनी रङमा चम्किन्छ । यो च्याउ दिउसो भने अरु सामान्य च्याउजस्तै देखिन्छ । तर जब रात पर्दछ, यो चम्किन सुरु गर्दछ ।

    यो च्याउ माइसेना प्रजातिको हो । गोवाको उक्त वन्यजन्तु आरक्षमा यो च्याउ प्रसस्तै पाइन्छ । तर दिउसोको समयमा यो च्याउलाई पहिचान गर्न कठीन हुने भएकाले यसलाई हेर्नका लागि रातको समयमा जानुपर्ने हुन्छ । साथै यो च्याउ २१ देखि २७ डिग्री सेल्सियस तापक्रमको बीचमा मात्र फक्रिन्छ ।

    images
    images
    images
    images
    images
    images
    शुक्रवार, आश्विन १६ २०७७१०:५८:२३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै