images

१३ वर्ष पछि डोटीमा फर्कियो विमान

१३ वर्ष पछि डोटीमा फर्कियो विमान

  • 559
    SHARES

  • १३ वर्ष पछि डोटीमा फर्कियो विमान

    १२ वर्षमा खोलो फर्किन्छ कि फर्किदैन तर १३ वर्षमा सुदुरपश्चिमको डोटीमा भने विमान फर्किएको छ । झण्डै १३ वर्षसम्म विमान नआएपछि गौचरणमा रुपान्तरण हुन थालेको डोटी विमानस्थलमा १६ यात्रुसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सवार विमान समिट एयरको विमान अवतरण गरेको हो । मन्त्री भट्टराई धनगढी विमानस्थलबाट उडेको विमानबाट डोटी पुगेका हुन् ।

    धनगढी–डोटी हवाई उडान सेवाको परीक्षण उडानका लागि मन्त्री भट्टराई सहितको टोली डोटी विमानस्थल पुगेको हो  । डोटीपछि आजै बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन हुँदैछ ।

    images images

    परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

    बर्षाैदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थालको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको छ ।

    अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरिय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ । सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ ।

    बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ । यसैबीच सरकारले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा नियमित रुपमा हवाई उडान सञ्चालन गर्ने तयारी गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा नियमित रुपमा हवाई उडान सञ्चालन गरिने बताउनु भएको हो । धनगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री भट्टराईले तत्काल पहाडका ३ जिल्लामा हवाइ उडान सेवा सञ्चालनमा आउन लागेको जानकारी दिए। उनले बाँकी जिल्लामा पनि छिट्टै विमान पुर्याउने योजना रहेको बताए ।

    पहाडी ३ जिल्लाको हवाई उडान सेवाको परीक्षण उडानका लागि धनगढी पुग्नु भएका मन्त्री भट्टराईले पहिलो चरणमा बैतडी, डोटी र बझाङमा विमान सुरु हुने जानकारी दिए ।

    त्यस लगत्तै दार्चुला र अछाममा पनि हवाई उडान सेवा सुरु गरिने उहाँले बताए । बैतडी, डोटी र बझाङमा सातामा २ दिन विमान पु¥याउने लक्ष्य रहेको बताउदै उहाँले यसबाट सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लावासी लाभान्वित हुने बताए  ।

     

    images
    images
    images
    images
    images
    शनिवार, आश्विन १७ २०७७१०:५२:१३

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै