Logo

छालाको सौन्दर्य कायम राख्ने – प्राकृतिक विधि



अनुहारको सौन्दर्य कसरी कायम राख्ने ? हामीसँग यसको केही तौर तरिका छन् । जस्तो कि कस्टमेटिक्स उत्पादन प्रयोग गर्ने, पार्लर धाउने, फेसियल गराउने, स्क्रब गराउने आदि । तर, यी सबै विधी दीगो र भरपर्दो होइन । खासमा अनुहारको सौन्दर्य कायम राख्नका लागि प्राकृतिक तौर तारिका नै उपयोगी हुन्छ ।

तपाईंको खानपान, जीवनशैली आदिको सोझो प्रभाव अनुहार एवं छालामा पर्छ । त्यसैले अनुहारको सौन्दर्य कायम राख्नका लागि उचित खानपान र जीवनशैली नै सर्वोत्तम उपाय हो ।

पर्याप्त निन्द्रा 

राम्रो निन्द्राले हामीलाई दिनभरका लागि उर्जा मात्र दिदैन, छालालाई ताजा राख्न पनि मद्दत गर्छ । स्किन रातमा रिजेनेरेट हुन्छ , त्यसैले हरेक रात कम्तिमा ८ घण्टा सुत्नैपर्छ । यदि तपाईको पर्याप्त निन्द्रा पुगेन भने बुढ्यौली हुने प्रक्रिय तिब्र हुन्छ ।

तनाव नलिनुहोस्

यदि हामी तनावमा रह्यौ भने, त्यसको असर छालामा पनि पर्छ । यसले हाम्रो अनुहारको सौन्दर्य नष्ट गर्छ । त्यसैले तनावबाट जहिले पनि मुक्त रहने ।

प्रदूषणमा नबस्ने

हरेक किसिमको प्रदूषण स्वस्थ्यका लागि हानिकारक हुन्छ । यतिसम्म कि, चुरोटको धुँवाले समेत छालालाई असर गर्छ । त्यसलै छालालाई स्वास्थ्य राख्नका लागि प्रदूषण भएको स्थानमा बस्न हुन्न ।

गुलियो खानेकुरा सेवन नगरौ

धेरै गुलियो खानेकुरा पनि सौन्दर्यका लागि अनुकुल मानिदैन । त्यसले छालालाई रुखो बनाउने र चाहुरिने हुनसक्छ । यद्यपी गुलियो खाँदै नखाने भन्ने होइन । सन्तुलित मात्रामा खानुपर्छ ।

अधिक लो फ्याट डाइट नलिने

अक्सर स्लिम बन्ने चक्करमा अहिलेका युवापुस्ताले लो फ्याट डाइट लिने गर्छन् । तर, त्यसले छालाको सौन्दर्य नष्ट गर्छ । छालाको प्रकृतिक चमक हराउँछ । छालालाई स्वस्थ्य र मोस्चराइज राख्नका लागि फ्याटको जरुरी हुन्छ । त्यसैले यसबाट बच्नका लागि फ्याटी एसिडको रुपमा हरियो सब्जी, अन्डा, ओखर सेवन गर्नुपर्छ ।

धेरै तातो पानीले ननुहाउने

धेरै तातो पानीले छालाको कोशिकालाई कमजोर तुल्याउँछ । यसले छाला रुखो हुन्छ । त्यसैले मन तातो पानीले नुहाउनु उपयुक्त हुन्छ । संभव भएसम्म चिसो पानी नै उत्तम हुन्छ ।

व्यायाम गर्नुहोस्

शारीरिक व्यायामले शरीर लचिलो हुन्छ, पेट सफा हुन्छ र रक्त संचार राम्ररी हुन पाउँछ । यसले अनुहारको सौन्दर्यमा प्रभाव पार्छ । कतिपय योग आसन यस्ता हुन्छन् जसले अनुहारको सौन्दर्यमा विशेष सहयोग पु¥याउँछ ।

प्रकाशित मिति : भाद्र २१, २०७७ आईतबार  ५ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।