images

लोड गरेको ट्रयाक्टर पछ्याउँदै गएर प्रहरीद्धारा साढे २ करोड बढीको केराउ बरामद 

लोड गरेको ट्रयाक्टर पछ्याउँदै गएर प्रहरीद्धारा साढे २ करोड बढीको केराउ बरामद 

  • 541
    SHARES

  • लोड गरेको ट्रयाक्टर पछ्याउँदै गएर प्रहरीद्धारा साढे २ करोड बढीको केराउ बरामद 

    सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा भण्डारन गरेको केराउ प्रहरीले बरामद गरेको छ। वीरगंज–१६ इनर्वास्थित गोदामबाट सोही केराउ बरामद गरेको हो । केराउ २ करोड ६० लाखको मूल्य बराबरको रहेको छ । 

    सीमावर्ती क्षेत्रमा केराउ लोड गरिएको ट्रयाक्टर पछ्याउँदै गोदामसम्म पुगेको प्रहरीले गोदामबाटै सोही केराउ बरामद गर्न सफल भएको हो। भारततर्फ तस्करी गर्न उद्देश्यले गोदाममा भण्डारन गरिएको खुलेको प्रहरीले जनाएको छ। प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधबार बिहान छापा मार्दा गोदामबाट ३२ सय ५० क्विन्टल हरियो केराउ भण्डारण गरिएको पाइएको हो।

    images images

    ५० किलोका ६५ सय बोरा केराउ र ट्रयाक्टर नियन्त्रणमा लिनुको साथै एक कर्मचारीलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ। 
    प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार उक्त गोदाम बाराको परवानीपुर–३ लिपनीको ठेगानामा दर्ता रहेको प्रिज्म एग्रो कमोडिटी ट्रेडिङ प्रालिको नाममा छ। ट्रेडिङका सञ्चालक ललितपुर बस्ने वेदान्तजंग राणा हुन्। केराउ लोड गरेको ट्रयाक्टरलाई पछ्याउँदै जाँदा प्रहरी उक्त गोदामसम्म पुगेको भए पनि सीमावर्ती क्षेत्रमा भण्डारन गरेर केराउ तस्करी भइरहेको पूर्वसूचनाका आधारमा छापा मारिएको सिंहले बताए।

    उक्त गोदामका प्रबन्धक प्रभात श्रेष्ठ र ना६त ८७१० नम्बरको ट्रयाक्टर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। विदेशबाट केराउ आयातित केराउ सीमा क्षेत्रको गोदाममा भण्डार गरेर राख्दै अवैध निकासी हुने क्रम जारी रहेको यो घटनाले पुष्टि गरेको छ।

    लकडाउनमा पनि केराउ, छोकडा र मरिच पर्सा–बारा नाकाबाट तस्करी हुँदै आएको छ।

    images
    images
    images
    images
    images
    images
    आइतवार, आश्विन १८ २०७७११:४७:४५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै