images

प्रदेश ५को स्थायी राजधानी बुटवलबाट १०० किलोमिटर पश्चिम सर्‍यो

प्रदेश ५को स्थायी राजधानी बुटवलबाट १०० किलोमिटर पश्चिम सर्‍यो

  • 556
    SHARES

  • प्रदेश ५को स्थायी राजधानी  बुटवलबाट १०० किलोमिटर पश्चिम सर्‍यो

    प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ। मंगलबार प्रदेशसभामा भएको मतदानमा देउखुरी राजधानी राख्ने पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ।

    विपक्षी दल नेपाली कांग्रेसले विपक्षमा मतदान गरेका छन्। कांग्रेसका १९ मध्ये ५ जनाले भने दाङको पक्षमा मतदान गरेका छन्। प्रदेश सभामा नेकपाका ६१ सांसद छन्।

    images images

    प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए। दाङको राप्ती गाउँपालिकाको भालुवाङ बजार  भौगोलिक दृष्टिकोणले बुटवलदेखि १०० किलोमिटर पश्चिम भागमा पर्छ। यसरी हेर्दा राजधानी १०० किलोमिटर पश्चिममा सरेको छ। प्यूठान, अर्घाखाँची र कपिलवस्तु  जिल्ला भने प्रदेशको स्थायी मुकामकै सीमामा पर्छन। 

    दाङ जिल्लाको पूर्वीभागमा रहेको  राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ बजार तुलसीपुरबाट ८९ किलोमिटर पूर्व, घोराहीदेखि ६६ किलोमिटर पूर्वमा अवस्थित छ। गाउँपालिकाको केन्द्र भने भालुवाङबजार भन्दा ७ किलोमिटर पश्चिम मसुरियामा अवस्थित छ। 

    त्यस्तै बाँकेसँग सीमाना जोडिएको अमेलिया बजारबाट ६० किलोमिटर पूर्व र लमही बजारवाट २५ किलोमिटर पूर्वी भागमा भालुवाङ बजार रहेको छ। भालुवाङ बजार नेपाल(भारत सीमा नाका कोइलावास ३४ किलोमिटर दक्षिणमा पर्छ।

    कोइलावास नाका  गढवा गाउँपालका वडा नं.८ मा पर्छ।  अहिले कोइलावास सडक खण्ड कालोपत्रे भइसकेको छ। पूर्व(पश्चिम राजमार्ग निर्माण भएपछि २०२४ , ०२५ सालदेखि कोइलावास नाका आझेलमा परेको हो। यही कोइलाबास नाकामार्फत दाङसहित रोल्पा, प्यूठान, अर्घाखाँची, सल्यान, रुकुम, जाजरकोटसम्मका सर्वसाधारणले विगतमा नुनदेखि सुनको व्यापार गर्ने गरेको पुराना पुस्ता बताउँछन्।  दाङको देउखुरी राजधानी भएपछि कोइलाबास नाकाले पुनर्जीवन पाउने आशा गरिएको छ।  

    images
    images
    images
    images
    images
    मंगलवार, आश्विन २० २०७७०४:२०:१५

    अनलाइनपाना डेस्क

    नेपाल सरकारको कानून, प्रेस काउन्सिल, सूचना विभाग र नेपाल पत्रकार महासंघका आचारसंहीता तथा विधान लगायतमा उल्लेखित नीति नियमको पालना गर्दे समाजमा उत्तरदायी पत्रकारिताको जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिवद्धता सहित सुसूचित नेपालको चित्र स्लोगन राखि अनलाइनपाना डटकम २०७२ चेत्र ०८ गतेदेखि सञ्चालानमा छ । हाम्रो अनलाइन मिडिया अन्तर्गत प्रकाशन, प्रशारण हुने समाचारहरु देश, जनता, समाज र हरेक नागरिकको जीवनहरुसंग जवाफदेही हुनेछन् । ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरु जनताको हितमा मात्र प्रयोग हुने विश्वास दिलाउछौं ।

    सम्बन्धित समाचार
    विशेष सबै
    विचार सबै